×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पूर्व राजा ज्ञानेन्द्रलाई पार्टी खोलेर चुनाव लड्न नेपालको चुनौती

अर्थ सरोकार

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार

PRIME CA

पूर्व राजा ज्ञानेन्द्रलाई पार्टी खोलेर चुनाव लड्न नेपालको चुनौती

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पूर्व राजा ज्ञानेन्द्र शाहलाई पार्टी खोलेर चुनाव लड्न चुनौती दिएका छन् । बुधबार भक्तपुरमा आयोजित दशैं शुभकामना कार्यक्रममा बोल्दै नेपालले यस्तो चुनौती दिएका हुन् ।

उनले नेपालमा कुनै पनि वंशको शाशन नेपाली जनतालाई स्वीकार्य नहुने बताएका थिए । उनले भने ,’आफू त्याग, तपस्या र बलिदान गरेको व्यक्ति हो र जनताको साथ छ भन्ने लाग्छ भने पार्टी खोलेर चुनाव लडेर देखाउनु ।’

पूर्वराजा ज्ञानेन्द्रलाई इंकित गर्दै उनले भने, ‘अस्ति भएको निर्वाचन आफैंमा जनमत संग्रह हो । जनताले सीधै पार्टीलाई विश्वास गरेका छौं भन्ने देखाए । अरुलाई पनि लाग्छ भने पार्टी बनाउन् आउन्, चुनावमा सामेल होउन् ।’

त्यस्तै उनले जनताले सक्कली र नक्कली कुराको पहिचान गर्न सक्नुपर्ने बताए । सत्ता गठबन्धन पाँच वर्षका लागि बनेको बताउँदै उनले गठबन्धन भत्काउने कोसिस कुनैपनि हालतमा सफल नहुने दाबी गरे ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: