काठमाडौं । माथिल्लो मैलुंग खोलाको आइपीओ बाँडफाँट भएको छ । कम्पनीको आइपीओ कार्तिक ३ गते शुक्रबार बाँडफाँट भएको हो ।
उक्त आइपीओमा गोलाप्रथामार्फत १ लाख २८ हजार ४ सय २० जनाले १० कित्ताका दरले सेयर पाएका छन् । कम्पनीले असोज १८ गतेदेखि २२ गतेसम्म सर्वसाधारणका लागि १२ लाख ८४ हजार २०० कित्ता सेयर आइपीओ जारी गरेको थियो ।
सो आइपीओमा कुल ११ लाख ९० हजार २९६ जनाले आवेदन दिएकामा ११ लाख ८५ हजार ६४२ जनाको आवेदन मात्र योग्य भएको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ ।
लगानीकर्ताले बिक्री प्रबन्धक सानिमा क्यापिटलको वेबसाइट र मेरो सेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, माथिल्लो मैलुङ खोलाको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङको वेबसाइटबाट पनि रिजल्ट हेर्न सकिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्