×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

परराष्ट्रमन्त्रीसँगै अमेरिका भ्रमणमा रहेका एमच्यामका अध्यक्षले विभिन्न भेटवार्ता र छलफल गर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

परराष्ट्रमन्त्रीसँगै अमेरिका भ्रमणमा रहेका एमच्यामका अध्यक्षले विभिन्न भेटवार्ता र छलफल गर्ने

Artha Sarokar

१४ कार्तिक २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । परराष्ट्रमन्त्रीसँगै अमेरिका भ्रमणमा रहेका एमच्यामका अध्यक्षले विभिन्न भेटवार्ता र छलफल गर्ने भएका छन् । नेपालका परराष्ट्रमन्त्री एनपी साउद सहितको नेपाली टोलीमा अमेरिकी लगानीमा नेपालमा संचालित व्यवसायहरूको छाता सँस्था ‘अमेरिकन च्याम्बर्स अफ कमर्स नेपाल (एमच्याम)’ का अध्यक्ष अजित शाहसमेत सहभागी भएका छन् ।

शाहले विभिन्न भेटघाट, कार्यक्रम तथा अन्तर्क्रियाहरूमा सहभागी हुने र आफ्नो प्रस्तुति राख्ने कार्य सूची  छ । साथै, विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालाहरूबीच छलफल हुनेसमेत बताएका छन् ।

त्यस्तै, भ्रमणको अवधिमा अमेरिका-नेपाल बीचको व्यापार, एमच्यामको विश्वव्यापीकरण, एमच्याम नेपाल लगायतबारे वृहत छलफल हुनेछ । युनाइटेड स्टेट्स इन्स्टिच्युट अफ पिस (युएसआईपी) मा वार्ता कार्यक्रम, नेपाली-अमेरिकी व्यवसायी समुदायसँगको अन्तरक्रिया, सूचना प्रविधि सल्लाहकार सञ्जालसँगको भेटघाट, गैरआवासीय नेपाली संघका प्रतिनिधि र नेपाल-अमेरिका व्यवसायीसँगको अन्तर्क्रियामा अध्यक्ष शाहको सहभागीता रहनेछ ।

आइतबार अमेरिका गएको साउद नेतृत्वको प्रतिनिधिमण्डलमा एमच्यामका अध्यक्ष शाह, अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री, परराष्ट्र मन्त्रालय र वासिङ्टन डिसीस्थित नेपाली राजदूतावासका वरिष्ठ अधिकारी लगायतको अमेरिका भ्रमणमा रहेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी