Skip to content
LAXMI SUNRISE BANK

५१ लाख पुगे ‘मेरो सेयर’का प्रयोगकर्ता, डिम्याट खाताको संख्या ५९ लाख बढी

अर्थ सरोकार

काठमाडौं । मेरो सेयर प्रयोगकर्ताहरुको संख्या झण्डै ५१ लाख पुगेको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार असोज १६ गते मंगलबार सम्म मेरो सेयर प्रयोगकर्ताको संख्या ५० लाख ९ सय ९६ रहेको छ ।

त्यसैगरी, डिम्याट खाताको संख्या भने ५९ लाख ४१ हजार १२८ पुगेको छ । पछिल्लो समय आइपीओ भर्ने लगानीकर्ताको संख्या पनि बढ्दै गएकाले डिम्याट र मेरो सेयर खाता खोल्नेको संख्या पनि बढेको हो ।

त्यस्तै, मेरो सेयरबाट आइपीओमा आवेदन दिन, हकप्रद सेयर र इडीआइएस गर्न सजिलो हुने हुँदा यसका प्रयोगकर्ताहरु बढेका हुन् । अनलाइनबाट सबै कारोबार गर्न मिल्ने हुँदा प्राथमिक वा दोस्रो बजारका लगानीकर्तालाई मेरो सेयर अकाउन्ट अनिवार्य जस्तै भएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK