काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्काशन गर्ने भएको छ । लघुवित्तले असोज २५ गतेदेखि एक लाख २३ हजार ८ सय १६.४५ कित्ता सेयर निष्कासन गर्ने भएको हो ।
कम्पनीले जारी पुँजीको ३० प्रतिशत अर्थात् एक करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ बराबरको एक लाख २३ हजार ८१६.४५ कित्ता सेयर निष्कासन गर्न लागेको हो । लगानीकर्ताले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा न्युनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
साथै, लगानीकर्ताले उक्त सेयरमा असोज ३० गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा माग अनुसार आवेदन नपरेमा निष्काशनको अवधि कात्तिक ९ गतेसम्म थप हुने कम्पनीले जनाएको छ ।
कम्पनीले एफपीओ निष्काशनको लागि बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । लघुवित्तले एफपीओ निष्कासनका लागि गराएको रेटिङमा क्रेडिट रेटिङ कम्पनी इक्रा नेपालले ‘इक्रा एनपी इस्यूअर रेटिङ डबल बी माइनस’ प्रदान गरेको छ। यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्