×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मल्टीपर्पोज फाइनान्सले अवितरित सेयर लिलामीमा विक्री गर्दै

PRIME CA

मल्टीपर्पोज फाइनान्सले अवितरित सेयर लिलामीमा विक्री गर्दै

२९ आश्विन २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । मल्टीपर्पोज फाइनान्स लिमिटेडले  असोज २९ गतेदेखि  अवितरित सेयर लिलामीमा बिक्रि गर्ने भएको छ। कम्पनीले हकप्रद निष्कासन गर्दा बिक्रि नभएको सर्वसाधारण समुहतर्फको ६० हजार ६ सय ५० कित्ता र सस्थापक समुहको ८२ हजार १ सय २३ कित्ता गरि कुल १ लाख ४२ हजार ७ सय ७३ कित्ता सेयर लिलाम गर्न लागेको हो ।

कम्पनीका अनुसार, ‘आवेदन दिंदा सर्वसाधारण समुहतर्फ न्युनतम सय कित्ता र संस्थापक समुहतर्फ न्युनतम हजार कित्ताको लागि आवेदन दिनु पर्ने हुन्छ। अधिकतममा भने पुरै कित्ताका लागि दिन सकिने छ । उक्त लिलामीको सेयरमा कार्तिक १३ गतेसम्म आवेदन दिन सकिने  छ । सेयर लिलाम प्रकियाको लागि मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।’

कम्पनीले भदौ १० गतेदेखि भदौ ३१ गतेसम्म १ बराबर ०.३५ अनुपातमा अर्थात हाल कायम चुक्ता पुँजीको ३५ प्रतिशत हकप्रद निष्काशन गरेको थियो। उक्त समयमा बिक्री नभएको सेयर लिलाम गर्न लागेको कम्पनीले जनाएको छ ।

लिलामीको सेयरमा मुक्तिनाथ क्यापिटलको कार्यालय नक्साल साथै मुक्तिनाथ विकास बैंकका शाखाहरु थिमी, कुमारीपाटी, विराटनगर, बिरगंज, बिर्तामोड, जनकपुर, हेटौडा, नारायणगढ, पोखरा, बाग्लुंग, बुटवल, घोराही , नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखाबाट आवेदन दिन सकिने छ । त्यस्तै, फाइनान्सको जनकपुर स्थित कार्यालयबाट पनि आवेदन दिन सकिने कम्पनीले जानकारी दिएको हो ।

साथै,  हाल कायम संस्थापकले मात्र आवेदन दिन सक्ने कम्पनीले बताएको छ । कम्पनीको सेयरको मूल्य न्युनतम एक सय रुपैयाँ कायम गरिएकोले सो भन्दा बढी रकम कबुल गरि आवेदन दिनु पर्ने छ।

त्यस्तै, ५ लाख भन्दा बढीको आवेदन दिनेलाई प्यान नम्बर अनिवार्य गरेको छ ।  उच्च मूल्य कबुल गर्नेले पहिला सेयर पाउने  र  दोस्रो बढी मूल्य कबुल गर्नेले सेयर पाउने कम्पनीले जनाएको हो ।

सेयर संख्या कायम रहंदासम्म सो प्रक्रियाबाट सेयर बाँडफाँड हुने कम्पनीले बताएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: