×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बाहिर खाजा घर लेखेर भित्रै नक्कली नोटको कारखाना चलाउने दुई जना प्रहरीको नियन्त्रणमा, ‘व्यापार नभएपछि अपराध !’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

बाहिर खाजा घर लेखेर भित्रै नक्कली नोटको कारखाना चलाउने दुई जना प्रहरीको नियन्त्रणमा, ‘व्यापार नभएपछि अपराध !’

Artha Sarokar

२५ आश्विन २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

परासी । बाहिर खाजा घर लेखेर भित्रै नक्कली नोटको कारखाना चलाउने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।   नक्कली नोटको कारोबार हुँदै गरेको सूचनाका आधारमा बर्दघाट नगरपालिकाबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा तनहुँको ऋषिङ-२ का २० वर्षीय सुरज विक र नवलपुरको बुलिङ्टार-३ ठिमुरेका कृष्णबहादुर विक छन् । प्रहरीका अनुसार उनीहरुका साथबाट एक हजार दरका १ लाख ३९ हजार बराबरको नक्कली नोट बरामद भएको छ ।
नक्कली नोटसहित बुधबार पक्राउ परेका दुवैलाई सोधपुछ गर्दा छाप्ने मेसिनसमेत भएको पत्ता लागेको थियो । त्यसपछि प्रहरीले बुटवलस्थित अन्नपूर्ण खाजाघरमा छापा हानेको थियो । सो खाजाघरबाट नक्कली नोट छाप्ने मेशिनसमेत प्रहरीले बरामद गरेको छ ।
बयानका क्रममा उनीहरुले व्यापार नभएपछि नोट नै नक्कली छापेको स्वीकारेका छन् । थप अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी