Skip to content
LAXMI SUNRISE BANK

उपप्रधानमन्त्री श्रेष्ठ स्वदेश फिर्ता, स्वास्थ्य अवस्था कस्तो छ ?

अर्थ सरोकार

काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ स्वदेश फर्केका छन् । चीनको भ्रमणमा रहेका उनलाई त्यहिं हृदयाघात भएपछि चीनको राजधानी बेइजिङमा उपचार गराएर आज स्वदेश फर्केका हुन् ।

यही १७ र १८ अक्टोबरमा बेइजिङमा आयोजित तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ)मा सहभागी भएपछि उपप्रधानमन्त्री श्रेष्ठलाई हृदयाघात भएको थियो ।
उनको बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज हस्पिटलमा पाँच दिनसम्म उपचार भएको थियो । उनको सचिवालय स्रोतका अनुसार उनको अहिलेको स्वास्थ्य अवस्था सामान्य छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK