काठमाडौं । राष्ट्रिय पारा खेलाडीहरुलाई एनसेलले सहयोग गरेको छ । चीनको हृङजाओ शहरमा हुन गईरहेको कार्तिक ५ गते देखि ११ गतेसम्मको चौथो पारा एसियन गेम्समा देशको प्रतिनिधित्व गर्दै सहभागी हुन लागेका राष्ट्रिय पारा खेलाडीहरुलाई एनसेलले सहयोग गरेको हो ।
पारा एसिएन गेम्स २०२२ मा विभिन्न १० ओटा खेलहरुमा नेपालको प्रतिनिधित्व गर्ने राष्ट्रिय पारा टिमका खेलाडी तथा प्रशिक्षकलाई एक बिदाई कार्यक्रम आयोजना गर्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले सफलताको शुभकामना व्यक्त गरेका थिए । आफ्नो ब्राण्ड थिम ‘हामी तपाईंकै लागि’ अन्तर्गत राष्ट्रिय पारा टिमसँग आवद्ध भएको हो।
एनसेलले देश तथा विदेशमा नेपाललाई प्रतिनिधित्व गर्ने हाम्रा राष्ट्रिय पारा खेलाडीहरुको सहयोगार्थ सम्पुर्ण पारा खेलाडीहरुको सिप विकास र प्रशिक्षणका लागि राष्ट्रिय पारालिम्पिक कमिटी (एनपीसी) नेपालसँग सहकार्य गरेको छ । यस वर्ष पारा एसियन गेम्समा विभिन्न १० खेलका विधामा हाम्रा १९ जना पारा खेलाडीहरु आफ्नो देशको लागि खेल्नेछन् । एथलेटिक्स, ब्याडमिनटन, साइकलिङ, पौडी, तेक्वान्दो, जुडो, पावर लिफ्टिङ, सुटिङ र टेबलटेनिस खेलमा नेपाल सहभागी हुनेछ।
देशको विभिन्न कुनाबाट, थुप्रै चुनौतीहरु पार गदै आफ्नो सपना प्रति दृढ विश्वासका साथ अधि बढेका हाम्रा पारा खेलाडीहरु अन्तराष्ट्रिय स्तरमा देशको प्रतिनिधित्व गर्दै छन् । सो विश्वासलाई अझै एक बलियो साथ प्रदान गदै एनसेलले पारा खेलाडीहरुको समग्र विकास र आवश्यक प्रशिक्षणका लागि एनपीसीसँग सहकार्य गरेको हो।
एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, ‘आज हामी सबैको लागि यो एक गर्वको क्षण हो। हाम्रा पारा खेलाडीहरु हौसला र साहसका एक उदाहरण र प्रेरणाका स्रोत हुन् । भिन्न क्षमता भएका वर्गहरुलाई सम्मान गर्दै उहाँहरुको सपनालाई साथ दिएर अधि बढाउन सहयोग गर्न एनसेल सदैव तत्पर छ। एनसेल र एनपीसीको यो सहकार्यले धेरैभन्दा धेरै पारा खेलाडीहरुको विकासमा सहयोग पुर्याउने विश्वास लिएका छौ।’
राष्ट्रिय पारालम्पिक कमिटीका कोषाध्यक्ष ओम नाथ शिवाकोटीले भने, ‘देशका विभिन्न कुनामा रहेका हाम्रा पारा खेलाडीहरुको समग्र विकास र तालिमको लागि एनसेलसँग सहकार्य गर्न पाउँदा हामी अत्यन्तै हर्षित छौं। पारा खेलाडीहरुको लागि भएको यो पहिलो सहयोग हो र हामी यस किसिमको पहलको लागि एनसेललाई धेरै धन्यवाद दिन चाहान्छौं। हाम्रो यो सहकार्य हाम्रा पारा खेलाडीहरुको हौसला र प्रत्येक खेलाडीहरुमा रहेको आत्म विश्वासको उपज हो र यस सहकार्यलाई थप प्रभावकारी बनाउँदै हाम्रा खेलाडीहरुको मनोबल सदैव उच्च हुने गरी काम गर्न हामी तत्पर छौं ।’
त्यस्तै, चौथौं पारा एसियन गेम्स यही कार्तिक ५ गतेदेखि ११ गतेसम्म चीनको हृङजाओ शहरमा हुन गईरहेको छ । साथै, सो खेलको लागि नेपालको प्रतिनिधित्व गर्दै नेपालका राष्ट्रिय पारा खेलाडी आज राती हृङजाओ प्रस्थान गर्दैछन्।
उक्त, एसिएन गेम्सको लागि चिफडि मिसनको रुपमा एनपीसिका कोषाध्यक्ष ओमनाथ शिवाकोटी रहेका छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्