Skip to content
LAXMI SUNRISE BANK

नेपाल बैंकको सिईओ बन्न १९ जनाको आवेदन

अर्थ सरोकार

काठमाडौँ । नेपाल बैंकको सिईओ बन्न १९ जनाले आवेदन दिएका छन् । २१ दिनको म्याद थपेर बैंकले माग गरेको आवेदनमा हालसम्म १९ जनाको आवेदन परेको हो ।

यसरी बैंकको सिईओका लागि आवेदन दिनेमा विभु प्रसाद अर्याल, रामदेव यादव, अशोक कुमार पौडेल, सुन्दर पन्थी, लक्ष्मण पौडेल, छपिराज पन्त, राजुनाथ खनाल, बिष्णु देव यादव, प्रमोद बाबू तिवारी, रमेश प्रसाद जोशी, शंकर केसि, सुरेन्द्र भुषण श्रेष्ठ, प्रताप सुवेदी, तिलक राज पाण्डेय, दिर्घ बहादुर अर्याल, ध्रुव चन्द्र गौतम, समता पन्त, देवेश प्रसाद लोहनी र कृष्ण प्रसाद आचार्य रहेको छनौट समितिले जनाएको छ ।

समितिले आवेदकहरुमार्फत पाँच हजार शब्दमा नबढ्ने गरी व्यसायिक कार्ययोजना पेश गर्न भनेको छ । सोहीमार्फत ६० प्रतिशतभन्दा बढी अंक प्राप्त गर्नेहरुमध्ये पनि सबैभन्दा धेरै अंक ल्याउने पाँच जनालाई सर्ट लिस्टिङ गरी अन्तर्वार्ताका लागि बोलाइने समितिले जनाएको छ ।

समितिका अनुसार यसरी अन्तर्वार्तामा उत्कृष्ट तीन जनालाई सिईओ नियुक्तिका लागि सञ्चालक समितिमा पेश गरिनेछ । र तीनजनाबाट संचालक समितिले उत्कृष्ट एक जनालाई बैंकको सीईओमा नियुक्त गर्नेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK