×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल अन्तराष्ट्रिय व्यापार मेला शुरु हुने, पचास प्रतिशत प्रवेश छुटको व्यवस्था

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नेपाल अन्तराष्ट्रिय व्यापार मेला शुरु हुने, पचास प्रतिशत प्रवेश छुटको व्यवस्था

Artha Sarokar

२३ आश्विन २०८०, मंगलवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल अन्तराष्ट्रिय व्यापार मेला शुरु  हुने भएको छ । नेपाल अन्तराष्ट्रिय व्यापार मेला एनआईटिएफ अर्थात नेपाल इन्टरनेस्नले टे्रड फेअर २०८० मंसिर १४ देखि १८ गते सम्म काठमाडौँमा शुरु हुने भएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघद्धारा प्रत्येक वर्ष नेपाल अन्तराष्ट्रिय व्यापार मेला एनआईटिएफ अर्थात नेपाल इन्टरनेस्नल टे्रड फेअर आयोजना गर्दै आएको छ । सो महासंघ सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी महासंघले गराएको हो ।

त्यस्तै, काठमाडौको भृकुटीमण्डपमा आयोजना हुने उक्त मेलाका लागि ५० प्रतिशत स्टल बुकिङ भइसकेको तथा उक्त वर्षको मेलामा चीन, भारत, पाकिस्तान, बङलादेश र भुटानबाट सहभागिता हुने भएको महासंघले जनाएको छ । साथै, मेलामा नेपाली युवा उद्यमी मन्चद्धारा मेड इन नेपाल पेभेलियन तथा वस्तुगत संघहरुको कमोडेटी पभोलीएन समेत रहने जानकारी गराएको हो ।

नेपाल सरकार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयको सहयोगमा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रवद्र्धन तथा ललितपुर उद्योग वाणिज्य संघ तथा नेपाल हस्तकला महासंघको आयोजनामा क्यालेन्डर इभेन्टको रुपमा उक्त मेला आयोजना हुन लागेको हो । नेपाल अन्तराष्ट्रिय व्यापार मेला २०२३ नर्वौ संस्करण रहेको महासंघले जनाएको छ ।

नेपाल अन्तराष्ट्रिय व्यापार मेला २०२३ नेपाली उत्पादनलाई अन्ताष्ट्रिय बजारमा प्रबद्र्धन गर्न एक सशक्त माध्यम बन्दै आएको छ । एनआईटिएफ मेलामा नेपालको औद्ययोगिक व्यवसायिक सम्भाव्यताका विषयमा जानकारी गराउन थप सहयोग पुग्ने विस्वास महासंघले लिएको छ ।

सो मेलामा कुल तीन सय भन्दा बढी स्टल मार्फत स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रर्दशनी गर्नेछन् । साथै, मेलामा सार्क राष्ट्र सहित चीन, कोरिया, जापान, इण्डोनेशिया, मलेशिया लगायतका देशका सो्रताहरुलाई आमन्त्रण गर्ने महासंघले बताएको छ ।

उक्त मेलामा भारतको इन्डिया चेम्बर अफ कर्मस र नेपालको नेपाल हब्स तथा हर्बल उत्पादक संघको संयुक्त आयोजनामा आयुर्वेद सम्वन्धि वस्तुहरुको प्रर्दशनी एवं प्रवचन कार्यक्रम समेत हुन भएको छ । नेपाल अन्तराष्ट्रिय व्यापार मेलाको मुख्य आकर्षणमा मेड इन नेपालसो हस्तकला उत्पादनहरु, एनटिआइएस प्रडक्टस् कमोडेटि पभिलिएन्स रहने महासंघले जानकारी दिएको छ ।सो मेलाका अवसरमा अन्तराष्ट्रिय खरिदकार्ता सँग प्रत्यक्ष अन्तरक्रिया गराउने लक्ष्य समेत रहेको महासंघले बताएको छ । साथै, मेलामा हस्तकला, पर्यटन सूचना तथा प्रविधि एवं व्यवसायिक सूचना, कृषि उत्पादन, उर्जा, भवन तथा निर्माण सम्बन्धी शिक्षा आदिका छुट्टाछुट्टै स्टलहरु राख्नेछन् ।

मेलाका अवसरमा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिहरुसँंग भेटघाट तथा द्धिपक्षिय व्यापार प्रवद्र्धन तथा लगानीबारे छलफल हुने तथा वर्षको मेलामा स्वदेशी र विदेशी गरी करिब ५० हजार अवलोकनकर्ताहरुले अवलोकन गर्ने लक्ष्य महासंघले लाखेको छ । विभिन्न जिल्लामा आयोजना भएका मेलाहरुमा उत्कृष्ट स्टल तथा उत्पादनलाई एनटिआइएफ मा निःशुल्क स्टल उपलब्ध गराउने महासंघले जनाएको छ हो ।

महासंघको नेतृत्वमा यस वर्ष पनि अघिल्ला वर्षहरु जस्तै मुलुक भित्र प्रादेशिक, जिल्लास्तर एवं वस्तुगत गरि विभिन्न भागमा मेला तथा महोत्सव आयोजना हुने भएको हो । राष्ट्रिय तथा अन्तराष्ट्रिय तहमा एउटा विशिष्ठ पहिचान बनाईसकेको नेपाल अन्तराष्ट्रिय व्यापार मेलाको नियमित आयोजनाबाट नेपालमा अन्तराष्ट्रिय लगानी तथा प्रविधि आर्कषण गर्ने, नेपाली उत्पादनहरुको अन्तरष्ट्रिय बजार प्रर्बद्धन गरी समग्रमा मुलुकको अर्थतन्त्रलाई माथि उठाउन सघाउ पुर्याउने आशा एवंं विश्वास महासंले लिएको छ ।

साथै, मन्दिमा रहेका अर्थतन्त्रलाई चलायमान बनाउन समेत नेपाल इन्टरनेस्नल टे्रड फेअर सहयोगी हुने विश्वास महासंघको रहेको छ । उक्त मेलामा जेष्ठ नागरीक तथा फरक रुपले सक्षम नागरिकहरुलाई निःशुल्क तथा विद्यार्थीहरुलाई प्रवेशपत्रका आधारमा पचास प्रतिशत प्रवेश छुटको व्यवस्था समेत महासंघले गरेकोे छ ।

सो पत्रकार सम्मेलनलाई संवोधन गर्दै महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले अन्तराष्ट्रिय व्यापार मेला अर्थतन्त्रलाई चलायमान बनाउन सहयोगी हुने विश्वास प्रकट गरेका छन् । साथै, मेलामा राष्ट्रिय एवं अन्तराष्ट्रिय प्रदर्शकको जमघटबाट लगानी तथा प्रविधि आकर्षण र उत्पादन विविधिकरणमा समेत सघाउ पुुग्ने धारणा अध्यक्ष ढकालको रहेको थियो ।

त्यस्तै, उपाध्यक्ष सुरकृष्ण वैदले एउटा छुट्टै ब्राण्ड बनाउन सफल एनआईटीएफ निजी क्षेत्रका लागि एउटा बलियो प्ल्याटफर्म भएको बताएका छन् । साथै, उपाध्यक्ष हेमराज ढकालले मेलामा वस्तुुगत संघको छुुट्टै पेभिलियनले मेलालाई थप आकर्षक बनाउने विश्वास व्यक्त गरेका थिए ।

महासंघ सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा व्यापार मेला समितिका सभापति उमेश डालमिया र सहसभापति सविनलाल श्रेष्ठले पनि आफ्नो विचार व्यक्त गरेका थिए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी