काठमाडौँ । नेपाल एलपि ग्यास उद्योग संघको भ्रामक समचार फैलाउने प्रति गम्भीर ध्यान आर्कषण गएको छ । नेपाल आयल निगमले २०८०-०६-१३ गते प्रेस विज्ञप्ति जारी गर्दै २०८०-०६-१४ गते लागु हुनेगरी एलपि ग्यास र पेट्रोलियम पदार्थको मुल्य वुद्धि गर्ने निर्णय गरेको थियो ।
उक्त निर्णयलाई फिर्ता गरेको सन्र्दभमा सामाजिक सञ्जालमार्फत राजनितिक व्यक्ति तथा उपभोक्ता हकहित अधिकारकर्मीहरुबाट प्रधानमन्त्री र व्यवसायीहरुलाई जोडेर भ्रामक अभिव्यक्ति सार्वजानीक गरेको प्रति संघको ध्यान आर्कषण भएको संघले जनाएको छ ।
हाल सञ्चालनमा रहेको ५८ वटा एलपि ग्यास उद्योगहरुको जम्मा भण्डारण क्षमता ९९ सय मे.टे (६९७२०० सिलिन्डर) मात्र रहेकोमा सत्यसँग कहीं कतै मेल नखाने कुनै एक उद्योगले हजारौँ मे.टे ग्यास भण्डारण गरि अरवौँ रुपैयाँ नाफा गरेको भन्ने जस्ता अभिव्यक्ति प्रति संघले गम्भीर आपत्ति जनाएको छ ।
नेपाल सरकारले अत्यावश्यक वस्तु भनि तोकेको साथै नेपाल आयल निगमले नै तोकेको मुल्यमा उद्योगहरुले खरिद तथा बिक्री हुँदै आईरहेको संघले जानकारी गराएको हो । आर्थिक मन्दी तथा प्रतिकुल परिस्थितिका बाबजुद उपभोक्ताहरुको आवश्यकता र हितलाई ध्यानमा राख्दै एलपि ग्यासको सहज आपुर्ती तथा वितरणका लागि दिनरात काम गररिहेको अवस्थामा भ्रामक समचार फैलाउने प्रति संघको गम्भीर ध्यान आर्कषण गएको संघले बताएको छ ।
साथै, समचारको सत्यता, विषयवस्तुको गाम्भीर्यता प्रति पुर्ण सजक रहँदै आफ्ना सुचना सामग्रीहरु सम्पे्रषण गर्न संचार माध्यमलाई संघले जानकारी गराएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्