×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

घरजग्गा धितोमा ५० प्रतिशतसम्म ऋण लिन पाइने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

घरजग्गा धितोमा ५० प्रतिशतसम्म ऋण लिन पाइने

Artha Sarokar

१९ आश्विन २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंकले घर जग्गाको कर्जामा धितो सिमा परिमार्जन गरेको छ । बिहिबार एकीकृत निर्देशिका २०७९ मा संशोधन गर्दै राष्ट्र बैंकले धितोमा मूल्यको ५० प्रतिशतसम्म ऋण लिन पाउने व्यवस्था गरेको हो ।

यसअघि काठमाडौंमा घरजग्गाको बजार मूल्यको ३० प्रतिशत र बाहिर ४० प्रतिशत मात्रै कर्जा लिन पाउने व्यवस्था थियो । राष्ट्र बैंकले अब उपत्यकाभित्र तथा बाहिर धितोसँग ऋणको अनुपात समान ५० प्रतिशत कायम गरेको छ ।

साथै, राष्ट्र बैंकले घरजग्गाको धितोमा लिइने व्यक्तिगत ओभरड्राफ्ट कर्जामा समेत ५० प्रतिशतसम्म कर्जा पाइने व्यवस्था गरेको छ । त्यस्तै बैंकहरूले असल कर्जामा राख्नुपर्ने कर्जा नोक्सानी व्यवस्था समेत घटाइएको छ ।

अब बैंकहरूले असल कर्जामा १.५ प्रतिशत मात्रै नोक्सानी व्यवस्था गरे पुग्ने छ । यसअघि यस्तो व्यवस्था १.३ प्रतिशत थियो । बैंकहरूले अब कर्जा तथा सापटको ब्याजदर निर्धारण गर्दा एउटै प्रकृतिका कर्जा तथा सापटको ब्याजदर अन्तर २ प्रतिशत बिन्दुभन्दा बढीले फरक पार्न नपाउने छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी