Skip to content
LAXMI SUNRISE BANK

नेपाल एसबिआई मर्चेण्ट बैंकिङको साधारणसभा हुने, यस्ता छन् पारित गर्ने प्रस्तावहरु

अर्थ सरोकार

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडको वार्षिक साधारणसभा हुने भएको छ । बैंकको ८औं साधारणसभा मङ्सिर ५ गते बैंकको प्रधान कार्यालयमा हुने भएको हो ।

सभामा आर्थिक वर्ष २०७९\८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरिक्षकको नियुक्ती र निजको परिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।

साथै, सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको विभिन्न दफा नियममा प्रबन्धपत्रको दफा २ र नियमावलीको नियम ३(ण) १९ (३), २८ (२) (ख), २८ (६), ३०(१) (क) तथा ३९ (४)संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै नियामक निकायहरुको निर्देशन बमोजिम प्रबन्धपत्र तथा नियमावलीका प्रस्तावित संशोधनहरुमा परिमार्जन गर्न आवश्यक र उपयुक्त भएमा सो कार्यका लागि संचालक समितिलाई अधिकार प्रदान गर्ने प्रस्ताव पनि पारित गर्ने जनाएको छ ।

सभाले कम्पनीको संचालक समितिमा प्रतिनिधित्व गर्ने एक जना स्वतन्त्र संचालकको नियुक्ती पनि गर्नेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK