काठमाडौँ । नेपालगञ्जको भ्यु होटल सिद्धार्थ साउथ एसियन ट्राभल अवार्ड २०२३बाट सम्मानित भएको छ । सिद्धार्थ बिजनेस ग्रुपद्धारा नेपालगञ्जमा सञ्चालित भ्यु होटल सिद्धार्थ साउथ एसियन ट्राभल अवार्ड २०२३ बाट सम्मानित भएको हो ।
मिटिङ तथा कन्फ्रेरेन्स होटल र रिसोर्टमा नेतृत्वदायी भुमिका खेलेको भन्दै सो अवार्डबाट होटललाई सम्मानित गरिएको ग्रुपका प्रमुख कार्यकारी अधिकृत सीईओ कृष्ण न्यौपानेले बताएका छन् । नेपाल सहित विभिन्न ६ राष्ट्रको प्रतिनिधित्व रहेको उक्त संस्थाले हरेक वर्ष पर्यटन तथा हस्पिटालिटी क्षेत्रमा क्रियाशील विभिन्न कम्पनीलाई अवार्ड दिँदै आएको छ ।
त्यस्तै, यस वर्षको उक्त अवार्ड होटल सिद्धार्थ नेपालगञ्जले पाएको हो । साथै, होटलका तर्फबाट सो अवार्डकार्यक्रममा ग्रुपका क्षेत्रीय कार्यकारी निर्देशक केशव न्यौपाने, कर्पोरेट सेल्स एण्ड मार्केटिङ म्यानेजर निर्पेश श्रेष्ठ तथा क्लस्टर सेल्स एण्ड मार्केटिङ म्यानेजर नविन भट्टको सहभागी रहेको थियो ।
होटल सिद्धार्थमा विभिन्न क्षमताका ६ वटा हल छन् । ११ सय जना भन्दा बढी अट्ने हल सहितका अन्य हलहरूमा विभिन्न सभा तथा सम्मेलन गर्न सकिने होटलले जनाएको छ । फोर स्टार स्ट्याण्डर्डको उक्त होटल वि.सं.२०६५ भदौ देखि सञ्चालनमा आएको हो ।
उक्त होटलमा स्विट, जुनियर स्विट, फ्यामिली स्विट, डिलक्स र स्ट्याण्डर्ड प्रकृतिका एक सय २५ वटा रुम रहेका छन् भने फाइभ स्टार स्ट्याण्डर्डको सेवाहरू दिँदै आएको उक्त होटलमा रेस्टुरेन्ट, इन्टरनेसनल कुजिन, रुफटम रेस्टुरेन्ट, पुल बार, डे डाइनिङ लगायतका सुविधा रहेको होटलले जनाएको छ । साथै, होटलमा १३ हजार ५ सय स्क्वायर फिटमा फैलिएको ब्याङ्क्वेट हल, स्पा, सलोन तथा फिटनेस सेन्टर समेत रहेको छ ।
होटलबाट नजिकैको दूरीमा नेपालगञ्जको प्रसिद्ध बागेश्वरी मन्दिर, नेपालगञ्जको पूरानो बजार, बर्दिया राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, सन्तानेश्वर मन्दिर, महेन्द्र पार्क छन् जहाँ होटलका ग्राहकहरूले अवलोकन गर्न सक्नेछन् । लक्ष्मण न्यौपानेले भारतको रोजगारीबाट फर्केर २५ वर्ष अघि कैलालीको टिकापुरमा सानो व्यवसायबाट सुरू गरेको व्यवसाय अहिले विस्तार भएर सिद्धार्थ ग्रुप देशैभर फैलिएको छ ।
उक्त ग्रुपको पहिलो पाँचतारे होटल सिद्धार्थ भिलासा सञ्चालनमा ल्याएको छ। चितवनको सौराहामा सिद्धार्थको लग्जरी रिसोर्ट केही समय भित्रै खुल्ने होटलले जनाएको छ ।
सिद्धार्थ हस्पिटालिटीले जुम्ला र इलाममा एग्रो टुरिजम थिममा लक्जरी रिसोर्ट निर्माणको तयारी समेत गरेको छ जसअनुसार जुम्लामा स्याउ बगानसहितको लक्जरी रिसोर्ट र इलामको चिया बगानभित्र लक्जरी रिसोर्ट निर्माण तयारी गरेको न्यौपानेले जानकारी दिए ।
सो ग्रुपले नेपालगञ्ज र सुर्खेतमा चार तारे सिद्धार्थ होटल तथा चन्द्रौटामा लग्जरी रिसोर्ट सिद्धार्थ लुम्बिनी ग्रीन रिसोर्ट सञ्चालन गरिरहेको छ । साथै, चिसापानीको सिद्धार्थ रिसोर्ट, पृथ्वी राजमार्गको चुम्लिङटारको सिद्धार्थ रिभरसाइड रिसोर्ट रहेका छन् ।
त्यस्तै, बौद्धको सिद्धार्थ बुटिक होटल, बिर्तामोडको चार तारे स्ट्यान्डर्डको सिद्धार्थ होटल ग्राण्ड सिटी, नुवाकोटको सिद्धार्थ होटल वाटर टावर, टिकापुरको होटल सिद्धार्थ, सुन्धाराको होटल सिद्धार्थ यसै ग्रुप अन्तर्गतका होटलहरु हुन् । साथै, बुटवल, नेपालगञ्ज, तिनकुने, घोबिघाट र पुरानो बानेश्वरमा सिद्धार्थ कटेज सञ्चालनमा रहेका छन् ।
उक्त ग्रुपले महाराजगञ्जमा दुई वटा तथा तिनकुने र नेपालगञ्जमा एक एक वटा गरि चार वटा एस क्याफेको आउटलेट सञ्चालन ल्याएको छ । साथै, सिद्धार्थ हस्पिटालिटीमा २ हजार बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्