×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार ५.१९ अंकले बढ्यो नेप्से परिसूचक, १ अर्व ७३ करोडमाथिको कारोबार हुँदा नेप्से १९७६.२९ बिन्दुमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सोमबार ५.१९ अंकले बढ्यो नेप्से परिसूचक, १ अर्व ७३ करोडमाथिको कारोबार हुँदा नेप्से १९७६.२९ बिन्दुमा

Artha Sarokar

१५ आश्विन २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक ५.१९ अंकले बढेर १९७६.२९ बिन्दुमा पुगेको हो ।

सोमबार नेप्सेमा कुल २८६ कम्पनीको ५७ लाख ७६ हजार ८ सय ९६ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ७३ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार एनआइसी एशिया बैंकको भएको छ । यस कम्पनीको २१ करोड ६८ लाख ९ हजार १ सय ४१ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको छ ।

यस्तै सोमबारको सेयर बजारमा सीवाईसी नेपाल लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा सयपत्री हाइड्रोपावर, इन्फिनिटी लघुवित्त वित्तीय संस्था, सामुदायिक लघुवित्त वित्तीय संस्था, हिमालयन उर्जा विकास कम्पनी र युनाईटेड मोदी हाइड्रोपावरका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच सोमबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार एनआइसी एशिया बैंकको भएको छ । यस कम्पनीको २१ करोड ६८ लाख ९ हजार १ सय ४१ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा सिटिजन लाइफ इन्स्योरेन्स, सोल्टी होटल, एभरेस्ट बैंक, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र सन नेपाल लाइफ इन्स्योरेन्सको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै सोमबारको सेयर बजारमा पिपुल्स हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले घटेको हो । पिपुल्स हाइड्रोपावरमा यस्तो गिरावट आउँदा मनकामना इञ्जिनियरिङ हाइड्रोपावर, ग्लोबल आईएमई लघुवित्त वित्तिय संस्था, एनआइसी एशिया फ्लेक्सी क्याप फण्ड र एशियन हाइड्रोपावरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी