काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक १७.५६ अंकले घटेर १९५८.७२ बिन्दुमा पुगेको हो ।
मंगलबार नेप्सेमा कुल २८१ कम्पनीको ३९ लाख ६५ हजार ९ सय १७ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व १९ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको ५ करोड ५९ लाख ७० हजार ६ सय ५२ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
यस्तै मंगलबारको सेयर बजारमा समता घरेलु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलवा घलेम्दी हाइड्रो, हिमालयन लघुवित्त वित्तीय संस्था, आशा लघुवित्त वित्तीय संस्था, अपर हेवाखोला हाइड्रोपावर र सयपत्री हाइड्रोपावरका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच मंगलबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको ५ करोड ५९ लाख ७० हजार ६ सय ५२ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस अलावा एनआइसी एशिया बैंक, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, शिवम् सिमेन्ट, सन नेपाल लाइफ इन्स्योरेन्स र नबिल बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै मंगलबारको सेयर बजारमा सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशत भन्दा धेरैले घटेको हो । सामुदायिक लघुवित्त वित्तीय संस्थामा यस्तो गिरावट आउँदा सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम-२, सीवाईसी नेपाल लघुवित्त वित्तिय संस्था, हिमालयन उर्जा विकास र रिभर फल्स पावरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्