काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ९.२४ अंकले बढेर १९६७.९७ बिन्दुमा पुगेको हो ।
बुधबार नेप्सेमा कुल २८४ कम्पनीको ४३ लाख २३ हजार २१ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व १८ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार सिटिजन्स लाइफ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको ६ करोड ९३ लाख ६३ हजार १ सय २२ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको छ ।
यस्तै बुधबारको सेयर बजारमा मध्ये भोटेकोशी जलविद्युत कम्पनीका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा बुद्धभुमि नेपाल हाइड्रोपावर, इन्फिनिटी लघुवित्त वित्तीय संस्था, सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था, दिव्यश्वरी हाइड्रोपावर र लक्ष्मी लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच बुधबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार सिटिजन्स लाइफ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको ६ करोड ९३ लाख ६३ हजार १ सय २२ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, शिवम् सिमेन्ट, एनआइसी एशिया बैंक, सन नेपाल लाइफ इन्स्योरेन्स र नबिल बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै बुधबारको सेयर बजारमा समता घरेलु लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले घटेको हो । समता घरेलु लघुवित्त वित्तिय संस्थामा यस्तो गिरावट आउँदा हिमालयन लघुवित्त वित्तिय संस्था, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम-२, आशा लघुवित्त वित्तिय संस्था र एनआइसी एशिया सेलेक्ट फण्ड ३० मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्