काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बिहीबारको तुलनामा नेप्से परिसूचक ३५.६७ अंकले घटेर १९२१.२४ बिन्दुमा पुगेको हो ।
आइतबार नेप्सेमा कुल २८९ कम्पनीको ५८ लाख १५ हजार १ सय ८९ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ८० करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ६ करोड ७३ लाख ८१ हजार ५ सय ६९ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको छ ।
यस्तै आइतबारको सेयर बजारमा बाराही हाइड्रोपावरका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलवा सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम-२, सयपत्री हाइड्रोपावर, ८.५% बिओके डेबेञ्चर, ८.७५% प्राइम बैंक डेबेञ्चर २०८५ र सामुदायिक लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच आइतबारको सेयर बजारमा शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ६ करोड ७३ लाख ८१ हजार ५ सय ६९ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, नबिल बैंक, सिटिजन्स लाइफ इन्स्योरेन्स, एनआइसी एशिया बैंक र हिमालयन डिस्ट्रिलरीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै आइतबारको सेयर बजारमा हिमालयन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगटिभ सर्किट लागेको हो । हिमालयन लघुवित्त वित्तीयमा यस्तो गिरावट आउँदा गरिमा डेबेञ्चर २०८५, घलेम्दी हाइड्रो, माया खोला हाइड्रोपावर र सगरमाथा जलविद्युतमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्