×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहीबार २०.१६ अंकले घट्यो नेप्से परिसूचक, १ अर्व ७० करोडमाथिको कारोबार हुँदा नेप्से १८७४.६० बिन्दुमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

बिहीबार २०.१६ अंकले घट्यो नेप्से परिसूचक, १ अर्व ७० करोडमाथिको कारोबार हुँदा नेप्से १८७४.६० बिन्दुमा

Artha Sarokar

२५ आश्विन २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक २०.१६ अंकले घटेर १८७४.६० बिन्दुमा पुगेको हो ।

बिहिबार नेप्सेमा कुल २९२ कम्पनीको ७५ लाख ५८ हजार ५ सय ४२ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ७० करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमोटर सेयरको भएको छ । यस कम्पनीको १६ करोड ३८ लाख ४८ हजार ४ सय रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

यस्तै बिहीबारको सेयर बजारमा भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा मिड सोलु हाइड्रोपावर, हाथवे इन्भेस्टमेन्ट, एनआइबिएल ग्रोथ फण्ड, सानिमा ग्रोथ फण्ड र सयपत्री हाइड्रोपावरका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच बिहीबारको सेयर बजारमा लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमोटर सेयरको भएको छ । यस कम्पनीको १६ करोड ३८ लाख ४८ हजार ४ सय रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस अलावा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड, नेपाल एसबिआइ बैंक, सिद्धार्थ बैंक, शिवम् सिमेन्ट र सिटिजन्स लाइफ इन्स्योरेन्सको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै बिहीबारको सेयर बजारमा सिटि होटलका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर ९ प्रतिशत भन्दा धेरैले घटेको हो । सिटि होटलमा यस्तो गिरावट आउँदा बाराही हाइड्रोपावर, बलेफी हाइड्रोपावर, ११% एनआइसी एशिया डेबेञ्चर ०८२/८३ र प्रोग्रेशिभ फाइनान्समा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी