×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार २३.१६ अंकले घटेर १८५१.४३ बिन्दुमा पुग्यो नेप्से परिसूचक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सोमबार २३.१६ अंकले घटेर १८५१.४३ बिन्दुमा पुग्यो नेप्से परिसूचक

Artha Sarokar

२९ आश्विन २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बिहीबारको तुलनामा नेप्से परिसूचक २३.१६ अंकले घटेर १८५१.४३ बिन्दुमा पुगेको छ

सोमबार नेप्सेमा कुल २८४ कम्पनीको ४८ लाख ३७ हजार ८ सय ९३ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व २५ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार प्रभु बैंक लिमिटेडको प्रमोटर सेयरको भएको छ । यस कम्पनीको ६ करोड २४ लाख ७६ हजार ८ सय ९३ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

यस्तै सोमबारको सेयर बजारमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलवा सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम-२, सुपर माई हाइड्रोपावर, कालिन्चोक दर्शन, सनराइज फोकस्ड इक्वटी फण्ड र सिटिजन्स म्युचुअल फण्ड-१ का लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच सोमबारको सेयर बजारमा प्रभु बैंक लिमिटेडको प्रमोटर सेयरको भएको छ । यस कम्पनीको ६ करोड २४ लाख ७६ हजार ८ सय ९३ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस अलावा हाथवे इन्भेस्टमेन्ट, सिटिजन्स लाइफ इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, एनआइसी एशिया बैंक र माण्डु हाइड्रोपावरको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै सोमबारको सेयर बजारमा सयपत्री हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो ।  सयपत्री हाइड्रोपावरमा यस्तो गिरावट आउँदा हाथवे इन्भेस्टमेन्ट, नबिल ब्यालेन्स फण्ड-२, मिड सोलु हाइड्रोपावर र घलेम्दी हाइड्रोमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी