×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धितोपत्र बोर्डको लगानीमैत्री निर्णयपछि नेप्सेमा हरियाली, एकै दिन ४३.२७ अंकको बढोत्तरी !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

धितोपत्र बोर्डको लगानीमैत्री निर्णयपछि नेप्सेमा हरियाली, एकै दिन ४३.२७ अंकको बढोत्तरी !

Artha Sarokar

१ कार्तिक २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । धितोपत्र बोर्डको लगानीमैत्री निर्णयपछि बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ४३.२७ अंकले बढेर १९०७.८९ बिन्दुमा पुगेको छ ।

बुधबार नेप्सेमा कुल २८६ कम्पनीको ३७ लाख ७२ हजार २३ कित्ता सेयर खरिद बिक्री हुँदा ९३ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार सानिमा जीआइसी इन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको ४ करोड ४६ लाख ६९ हजार २ सय ४८ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

यस्तै बुधबारको सेयर बजारमा आशा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा इन्फिनिटी लघुवित्त वित्तीय संस्था, मिड सोलु हाइड्रोपावर, ज्योति विकास बैंक, गणपति लघुवित्त वित्तीय संस्था र हाथवे इन्भेस्टमेन्टका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच बुधबारको सेयर बजारमा सानिमा जीआइसी इन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको ४ करोड ४६ लाख ६९ हजार २ सय ४८ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस अलावा कुमारी बैंक लिमिटेड प्रमोटर सेयर, आइएमई लाइफ इन्स्योरेन्स कम्पनी, शिवम् सिमेन्ट, हाथवे इन्भेस्टमेन्ट र सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै बुधबारको सेयर बजारमा बिपीडब्लु लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशत भन्दा धेरै हो । बिपीडब्लु लघुवित्तमा यस्तो गिरावट आउँदा एनआइबिएल सम्वृद्धि फण्ड-२, १०५ प्रभु बैंक डेबेञ्चर २०८४, मेगा म्युचुअल फण्ड-१ र सिटिजन्स म्युचुअल फण्ड-१ मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी