×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार ३.०४ अंकले बढ्यो नेप्से परिसूचक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सोमबार ३.०४ अंकले बढ्यो नेप्से परिसूचक

Artha Sarokar

१३ कार्तिक २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक ३.०४ अंकले बढेर १८७८.७० बिन्दुमा पुगेको हो ।

सोमबार नेप्सेमा कुल २८७ कम्पनीको २८ लाख २४ हजार ७ कित्ता सेयर खरिद बिक्री हुँदा ६९ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमोटर सेयरको भएको छ । यस कम्पनीको ३ करोड ६० लाख ७४ हजार ७ सय ४० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

यस्तै सोमबारको सेयर बजारमा पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलवा मन्दाकिनी हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर, इमर्जिंग नेपाल लिमिटेड, छ्याँग्दी हाइड्रोपावर र रिभर फल्स पावर लिमिटेडका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच सोमबारको सेयर बजारमा साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमोटर सेयरको भएको छ । यस कम्पनीको ३ करोड ६० लाख ७४ हजार ७ सय ४० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस अलावा नेपाल लाइफ इन्स्योरेन्स, सिद्धार्थ बैंक लिमिटेड प्रमोटर सेयर, नबिल बैंक, नेशनल हाइड्रोपावर कम्पनी र सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै सोमबारको सेयर बजारमा सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगटिभ सर्किट लागेको हो । सोनापुर मिनिरल्समा यस्तो गिरावट आउँदा बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी, लक्ष्मी उन्नति कोष र ग्लोबल आइएमई ब्यालेन्स फण्ड-१ मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी