काठमाडौँ । नेटाभीको एक्स्चेन्ज क्याम्प सुरु भएको छ । सिजि मोटर्सले पुराना गाडीसँग एक्स्चेन्ज गरी नेटाभी लिन इच्छुक ग्राहकहरुका लागि आश्विन २४ गतेदेखि २८ गतेसम्म विशालनगर, काठमाडौँस्थित शोरुममा एक्स्चेन्ज क्याम्पको आयोजना गरीरहेको हो ।
त्यस्तै, प्योर इभी प्लाटफर्ममा बनेको नेटाभीको अपत्यारीलो ३ सय ८० किमीको रेन्ज तथा प्रिमियम इन्टिरियरको कारणले गर्दा नेटाभी इभी प्रेमीहरुको पहिलो रोजाईमा परिरहेको बेला आसन्न चाड दशैंलाई लक्षित गरी सिजिमोटर्सले एक्स्चेन्ज क्याम्पको आयोजना गरेको छ । सो एक्स्चेन्ज क्याम्पमा आकर्षक बोनस सहित पुरानो गाडीको राम्रो भ्यालुएसन, एक बर्षको बीमा, सडक दस्तुर तथा डिक्की फुलअफर समेत दिइरहेको कम्पनीले जनाएको छ ।
साथै, हरेक टेष्ट ड्राइभमा आकर्षक उपहार रहेको छ । सेग्मेन्टमा सबैभन्दा ठूलो ३ सय ३५ लिटरको डिक्की भएको नेटाभीले डिक्की फुल अफरमा ४३ इन्चको स्मार्ट टिभी, कार भ्याकुम क्लिनर, १४ सय वाटको प्रेशर वाशर, भ्याकुम कप, भ्याकुम फ्लास्क, ६.६ किलो वाटको चार्जर तथा टायर सेट समेत सित्तैमा दिइरहेको कम्पनिले बताएको हो ।
कम्पनीका अनुसार, ३८० कि.मी रेन्ज, ०.५ रुपैया प्रति कि.मी. खर्च, १० वर्ष अथवा २ लाख कि.मी. ब्याट्री र मोटरमावारेण्टी, ६३ प्रतिशत हाइटेन्साइल स्टिल प्रयोग भएको कारणले नेटाभी ग्राहकको पहिलो रोजाइमा पर्न सफल भएको छ । साथै, ग्राहकहरुले एक्स्चेन्जका लागि ०१-५९७०१७४, ९८०१४६२८२५, ९८०१०१०२६७ अथवा ९८०२३४१८२०मा सम्पर्क गर्न सक्ने जानकारी नेटाभीले दिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्