×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पोखरामा दशैंका लागि ९ करोड भन्दा बढी नयाँ नोट साटियो !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

पोखरामा दशैंका लागि ९ करोड भन्दा बढी नयाँ नोट साटियो !

Artha Sarokar

१ कार्तिक २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । पोखरामा दशैँको लागि ९ करोड भन्दा बढी नयाँ नोट सटही भएको छ । नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका अनुसार मंगलबारसम्म ९ करोड ३८ लाखको नयाँ नोट सटही भएको हो ।

दशैंलाई लक्षित गरी राष्ट्र बैंकले असोज २९ गते सोमबारबाट नोट साट्ने व्यवस्था गरेको थियो । राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार ५ सयको दरले नोट साट्ने व्यवस्था गरेको छ । पहिलो दिन सोमबार ३ करोड ७५ लाखको नयाँ नोट सटही भएको थियो भने मंगलबार ५ करोड ३३ लाख रुपैयाँको नोट सटही भएको  कार्यालयका उपनिर्देशक पुष्कर शुर्खालीले बताए ।

राष्ट्र बैंक पोखरा कार्यालयले नयाँ नोट सटही गर्न सुरु गरेसँगै सटही गर्नेहरू बिहानैदेखि भीडभाड सुरु भएको थियो । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार प्रति व्यक्ति १८ हजार ५०० रुपैयाँका नयाँ नोट सटही गर्न पोखराको कार्यालयबाट सुरु गरिएको नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका निर्देशक आर्या जोशीले बताए । आम सर्वसाधारणको लागि भने गत वर्ष झै यो वर्ष पनि ५, १०, २०, ५० र १०० का एक/एक बन्डल सटहीको व्यवस्था गरिएको उनले बताए ।

नेपाल राष्ट्र बैंक पोखरा कार्यालयले गण्डकी प्रदेशका बैंक तथा वित्तीय संघ संस्थाहरूलाई पहिलो चरणमा ८३ करोड २५ लाखको नयाँ नोट सटही गरेको छ । दसैंको अवसरमा यो वर्ष १ अर्ब २३ करोड ४५ लाख नयाँ नोट सटही गर्ने योजना रहेको राष्ट्र बैंक पोखरा कार्यालयलका उप-निर्देशक सम्झना ढकालले बताईन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी