Skip to content
LAXMI SUNRISE BANK

निर्देशन नटेरेको भन्दै एनआईसी एशिया बैंकमाथि राष्ट्र बैंकको कार्वाही, गैरकानुनी रुपमा ब्याज बढाएको ठहर…!

अर्थ सरोकार

काठमाडौँ । एनआईसी एशिया बैंकमाथि राष्ट्र बैंकले कार्वाही गरेको छ । आफुले दिएको निर्देशन नटेरेको, बरु उल्टै गैरकानुनी रुपमा ब्याज बढाएको भन्दै राष्ट्र बैंकले एनआईसी एशिया बैंकलाई कार्वाही गरेको हो ।
बैंकले ग्राहकहरुसँग बढी लिएको ब्याज सम्बन्धित ग्राहकको खातामा फिर्ता गर्न निर्देशन दिइएको भएपनि फिर्ता नगरेको बरु उल्टै राष्ट्र बैंकको निर्देशन विपरित ब्याज बढाएको भन्दै राष्ट्र बैंकले एनआईसी एशिया बैंकलाई कार्वाही गरेको हो ।
यति मात्र होइन, बैंकले क्यापिटल एडुकेसी फ्रेमवर्क विपरीत कर्जाको जोखिम भार कम प्रदान गरी गलत रिपोर्टिङ्ग गरेकोसमेत राष्ट्र बैंकको ठहर छ । राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशनको उल्लङ्घन गरेको पाईएपछि सीईओ र सञ्चालक समितिलाई राष्ट्र बैंकले सचेत गराएको हो ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK