काठमाडौँ । एनआईसी एशिया क्यापिटल र नेशनल सोलार पावर कम्पनी बीच दुई पक्षिय सम्झौता सम्पन्न भएको छ । उक्त क्यापिटलको ‘आइडिया टु आइपियो’ सेवा अन्तर्गत संस्थागत परामर्श सेवा सहित “निष्काशन तथा बिक्री प्रबन्धक” नियुक्ती गर्ने सम्बन्धमा दुई पक्षिय सम्झौता भएको हो ।
एनआईसी एशिया क्यापिटलले ‘आइडिया टु आइपिया’ सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापना कालदेखि आइपियो जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउदै आईरहेको छ। सोही सेवा अन्तर्गत ललितपुर महानगरपालिका, जावलाखेल ललितपुरमा रजिष्ट्रार कार्यालय रहेको नेशनल सोलार पावर कम्पनी लिमिटेडलाई क्यापिटलको “आइडिया टु आइपिया ” सेवा अन्तर्गतको संस्थागत परामर्श सेवा, शेयर रजिष्ट्रार सेवा सहित नेशनल सोलार पावर कम्पनीको सर्वसाधारणमा निष्काशन गर्ने प्राथमिक शेयर “आइपियो” सर्वसाधारणहरुमा सार्वजनिक निष्कासन गर्न एनआईसी एशिया क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको हो ।
त्यस्तै, नेशनल सोलार पावर कम्पनी लिमिटेड सौर्य उर्जा मार्फत उर्जा क्षेत्रमा क्रान्ती ल्याउने मुख्य उद्देश्यका साथ स्थापना भएको कम्पनी हो । उक्त कम्पनीले नवलपरासी जिल्लाको प्रतापुरमा ५ मेगावाटको सोलार आयोजना सम्पन्न गरी विगत एक वर्ष देखि संचालन गरिरहेको छ । कम्पनीले रु.१०० अंकित दरका ७ लाख २४ हजार कित्ता भन्दा बढी साधारण शेयर सर्वसाधारणमा निष्काशन गर्ने योजना गरेको हो ।
उक्त कम्पनीले सोही क्षेत्रमा थप १० मेगावाटको सोलार आयोजना संचालन गर्नको लागि आवश्यक सम्पूर्ण कार्यहरु अन्तिम चरणमा पुर्याएको छ । साथै, क्यापिटलको “आइडिया टु आइपियो” सेवा सम्बन्धी थप जानकारीको लागि मर्चेण्ट बैंकिङ्ग प्रमुख दामोदर रायमाझीको मोवाईल नं. ९८५११८४९७९ मा सोझै सम्र्पक गर्न सकिने जानकारी कम्पनीले दिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्