Skip to content
LAXMI SUNRISE BANK

एनएमबि बैंकले कृषि कर्जाको दुरुपयोग गरेको राष्ट्र बैंकको ठहर, व्यापारीलाई दिईएको ब्याज अनुदान फिर्ता गर्न निर्देशन

अर्थ सरोकार

काठमाडौँ । एनएमबि बैंकले कृषि कर्जाको व्यापक दुरुपयोग गरेको पुष्टी भएको छ । कृषि कर्जा भन्दै व्यापारीलाई ब्याज अनुदान दिएर कृषि कर्जाको दुरुपयोग गरी व्यापारीलाई व्यवसायिक कर्जा दिएको पुष्टी भएसँगै सो बैंकलाई राष्ट्र बैंकले कार्वाही गरेको छ । सो बैंकले कृषि कर्जाका नाममा व्यापक गैरकानुनी काम गरेको भन्दै दुर्गा प्रसाईं लगायतले खुलेआम रुपमा भन्दै आएका थिए । अन्तत: बैंकमाथि लागेको सो आरोप पुष्टी भएको छ ।

एनएमबिले व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा भनी प्रदान गरिएको कर्जा व्यावसायिक प्रयोजनका लागि नभई अन्य प्रयोजनका लागि प्रवाह गरेको राष्ट्र बैंकको ठहर छ। उक्त कर्जामा प्रदान गरिएको ब्याज अनुदानको सम्पुर्ण रकम ऋणीबाट फिर्ता गराई राष्ट्र बैंकमा जम्मा गर्न निर्देशन दिइएको छ । साथै, सो सम्बन्धी कार्यविधि तथा यस बैंकबाट जारी निर्देशनको उल्लङ्घन गरेको भन्दै बैंकका सीईओलाई सचेत गराएको छ।

एनएमबि बैंक नेपाल बैंकर्स संघका अध्यक्ष सीइओ भएको बैंक हो । बैंकका साहुहरुको संगठन सिफिफिनका अध्यक्ष पनि एनएमबि बैंककै अध्यक्ष हुन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK