काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई प्राइभेट इक्विटी र भेञ्चर क्यापिटलमा लगानी गर्न सहजीकरण गरेको छ । बिहीबार राष्ट्र बैंकले एकीकृत निर्देशन २०७९ मा संशोधन गर्दै बैंकहरुलाई सहजीकरण गरेको हो ।
अव बैंकहरुले प्राइभेट इक्विटी र भेञ्चर क्यापिटलमा गरेको कुल लगानीलाई पुँजी कोष गणना गर्दा प्राथमिक पुँजी कोषबाट घटाइ गणना गर्न अनिवार्य नहुने जनाएको हो ।
नेपाल धितोपत्र बोर्डल गत आर्थिक वर्षमा १२ कम्पनीलाई विशिष्टीकृत लगानी कोष व्यस्थापकको इजाजत दिएको थियो । जसमध्ये ८ कम्पनीले ३० अर्ब ५० करोडको कोष दर्ता गरेको थियो । तर प्राइभेट इक्विटी र भेञ्चर क्यापिटलमा गरेको लगानी बैंकहरूले प्राथमिक पुँजी कोषबाट घटाएर मात्रै पुँजीकोष गणना गर्नसक्ने व्यवस्थाले गर्दा उक्त कोष दर्ता भए पनि फण्ड जुटाउन गाह्रो हुँदै आएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्