×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पठाओ दशैं महोत्सवमा नवराज बोगटी र बिसन सिंहले जिते यामाहा रे जेडआर

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

पठाओ दशैं महोत्सवमा नवराज बोगटी र बिसन सिंहले जिते यामाहा रे जेडआर

Artha Sarokar

१ कार्तिक २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । पठाओ दशैं महोत्सव २०८०को बम्पर पुरस्कार अन्तर्गत पठाओ क्याप्टेन नवराज बोगटी र पठाओ राइडर विशन सिंह कोट्टारीले यामाहा रे जेडआर १ सय २५ एफआई हाइब्रिड स्कुटर जित्न सफल भएका छन् । काठमाडौँ उपत्यकामा सेवा प्रदान गरिरहेका बाइक राइडर, पठाओ क्याप्टेन ट्याक्सी चालक र पठाओ हिरो फुड डेलिभरी पर्सन गरि तोकिएको मापदण्ड पूरा गरेका कुल ५ सय ८५ जना मध्ये गोला प्रथाद्वारा बम्पर पुरस्कार प्रदान गरेको हो ।

नेपालीहरुको महान चाड दशैंको अवसरमा तीन बर्ष देखि दशैं महोत्सव गर्दै आएको र आगामी दिनमा पनि सो कार्यक्रमको निरन्तरता दिइने पठाओ नेपालका प्रवन्ध निर्देशक असिम मान सिंह बस्न्यातले बताएका छन् । पठाओ नेपालसंग आवद्ध भइ फ्रन्टलाइनमा दिनरात घाम पानी नभनी खटिने साथीहरूको सम्मानमा बम्पर पुरस्कारको सहकार्य गरिएको र आगामी दिनमा पनि यस्ता सहकार्य जारी राखिने यामाहाको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजप्रालिका जनरल म्यानेजर सेल्स एण्ड बिजनेस डेभलपमेन्ट दिपक रौनियारले जानकारी दिएका हुन् ।

त्यस्तै, बिजेता हुने दुवैजनालाई पठाओ नेपालका असिम मान सिंह बस्न्यात र एमएडब्लु इन्टरप्राइजेजप्रालिका दिपक रौनियारले यामाहा रे जेडआर १ सय २५ एफआई हाइब्रिड स्कुटर हस्तान्तरण गरेका छन् । गोला प्रथाद्वारा प्रदान गरिएको बम्पर पुरस्कारको कार्यक्रम पठाओ नेपालको सामाजिक सन्जाल मार्फत प्रत्यक्ष प्रशारण गरेको थियो ।

बम्पर पुरस्कार बिजेता पठाओ क्याप्टेन नवराज बोगटी २०२२ मेमा पठाओमा आवद्ध भइ करिब ३ हजार ट्याक्सी राइड पुरा गरेका चालक हुन् । त्यस्तै बम्पर पुरस्कार कै अर्का बिजेता पठाओ राइडर विशन सिंह कोट्टारी २०२१ जनावरी देखि पठाओमा आवद्ध भइ ५ हजार बढी वटा बाइक राइड पुरा गरेका राइडर हुन् ।

उक्त दशैं महोत्सवको अफर असोजको ८ गते देखि २८ गतेसम्म चलेको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी