काठमाडौँ । पठाओ नेपालले त्रिभुवन विश्व विद्यालयसँगको सहकार्यमा त्रिवि पठाओ वार्षिक छात्रवृत्ति योजना सार्वजनिक गरेको छ । साथै, सम्झौतापत्रमा पठाओका तर्फबाट मार्केटिङ हेड सुरक्षा हमाल र त्रिभुवन विश्वविद्यालयका तर्फवाट विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्रा.पशुपति अधिकारीले हस्ताक्षर गरेका हुन् ।
सो कम्पनीको सामाजिक उत्तरदायित्व सिएसआर अन्तर्गत रहेको उक्त योजनामा पठाओले आर्थिक समस्या भएका नेपालभरका सय जना जेहेनदार विद्यार्थीहरूका लागि एक वर्षमा १५ हजार रुपैयाँसम्मको वार्षिक छात्रवृत्ति प्रदान गरिने जनाएको हो । उक्त सम्झौता एक वर्षका लागि गरिएको कम्पनीको भनाइ रहेको छ ।
उक्त योजनामा विद्यार्थी छनोटका लागि स्कलरशीप कमिटी बनाइनेछ । सो कमिटीमा कम्पनीका तर्फबाट दुई जना र विश्वविद्यालयको तर्फबाट तीन जना सदस्य रहनेछन् । साथै, स्कलरशीपबारे जानकारी र फर्म विश्वविद्यालयले प्रदान गर्ने तथा पठाओ नेपालको वेबसाइट, सामाजिक सञ्जाल, विश्वविद्यालय अन्तर्गतका कलेजहरू र कलेज परिसरभित्र समेत प्रचार गरिने पठाओ नेपालको मार्केटिङ प्रमुख सुरक्षा हमालले जानकारी दिइन् ।
उनले भनिन्, ‘यस स्कलरशीपका लागि तोकिएको मापदण्ड अनुसार आवेदन दिएका उम्मेदवारमध्येबाट उचित उम्मेदवार स्कलरशीप कमिटीले छान्नेछ ।’ सो योजनामा छानिएका विद्यार्थीलाई विश्वविद्यालय अन्तर्गतका मुख्य क्याम्पस तथा ६२ वटा आङ्गिक क्याम्पसमा छात्रवृत्तिमा पढ्न मिल्ने कम्पनीले जनाएको छ ।
त्यस्तै, सामाजिकशास्त्र संकाय, व्यवस्थापन संकाय र शिक्षा संकायमा अध्ययनरत विद्यार्थीहरूलाई स्कलरशीप दिने कम्पनीको भनाइ रहेको छ । हस्ताक्षर कार्यक्रममा पठाओ नेपालका प्रवन्ध निर्देशक असिममान सिंह बस्न्यात त्रिवि अन्तराष्ट्रिय सम्वन्ध केन्द्रका कार्यकारी निर्देशक विनोद जोशी, योजना निर्देशनालयका निर्देशक डा. धुव्रकुमार गौतम लगायतको उपस्थिति रहेको थियो ।
कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको सो कार्यक्रमको मुख्य उद्देश्य खर्च अभावले जेहेनदार विद्यार्थीको शिक्षा नरोकियोस् भन्ने रहेको हमालले बताएकी छिन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्