Skip to content
LAXMI SUNRISE BANK

तिहारमा प्लाष्टिकको फूलका माला बिक्री गर्न नपाइने ! 

अर्थ सरोकार

काठमाडौँ । दाङमा तिहारको समयमा प्लाष्टिकका फूल र माला प्रतिबन्ध गरिएको छ । जिल्लाको तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकाले तिहारमा प्लाष्टिकका फूल र मालाको प्रयोग र बिक्री वितरणमा प्रतिबन्ध लगाएको हो । 

तिहारमा प्लाष्टिकको फूल र माला भण्डारण तथा बिक्री वितरण गरे कारवाही गर्ने चेतावनी समेत दिइएको छ । प्लाष्टिकका फूलमाला प्रयोगमा दुई पालिका कठोर बनेपछि यतिबेला दाङको तुलसीपुर क्षेत्रमा प्लाष्टिकजन्य फूलमालाहरुको बिक्री वितरण ठप्पप्रायः बनेको छ । यसो त तुलसीपुर उपमहानगरपालिकाले असोज २३ गते नै प्लाष्टिकका फूलमालामा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । 

यता आइतबार लमही नगरपालिकाले पनि एक सूचना जारी गर्दै प्लाष्टिकका फूलमाला प्रयोग र बिक्रीवितरण नगर्न आग्रह गरेको छ । योसँगै पालिकाले तिहारमा सकेसम्म प्राकृतिक फूलका मालाहरु प्रयोग गर्न आग्रहसमेत गरेको छ । 

स्थानीय पालिकाको यस्तो निर्णयसँगै व्यवसायिक फूलखेती गर्ने किसानहरु उत्साहित बनेका छन् । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK