काठमाडौँ । बैंकबाट निस्किने बित्तिकै ग्राहक लुटिएका घटनालाई मध्यनजर गर्दै दशैंमा काठमाडौं उपत्यका प्रहरी कार्यालयले विशेष योजना बनाएको छ । जसअन्तर्गत धेरै आर्थिक कारोबार हुने बैंक तथा वित्तीय संस्थाहरु वरपर साधा पोसाकका प्रहरीहरु परिचलान गर्ने र विशेष निगरानी बढाउने तयारी प्रहरीको छ ।
उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेशराज मैनालीका अनुसार बैंक तथा वित्तीय संस्था वरपर लुटपाटका घटना नहोस् भनेर विशेष निगरानी बढाइएको छ । उनका अनुसार बैंक वरपर साना हतियारसहितका प्रहरीहरु परिचालन गरिएको छ ।
मैनालीका अनुसार चाडपर्वमा प्रभावकारी सुरक्षा व्यवस्था गर्न आवश्यक काम अगाडी बढाइएको छ । उनका अनुसार उपत्यकामा मात्र ५ हजार ८३३ जना प्रहरी सुरक्षाकर्मीहरू परिचालित हुनेछन् ।
प्रहरीलाई शंका लागेका मान्छेलाई समातिहाल्नु भन्ने निर्देशन छ । बैंकको पैसा लुट्न खोज्ने वा ग्राहकको पैसा लुट्न खोजेको देखिए सकेसम्म पक्राउ गर्नु, नसके सिधै शुट गर्नु भन्ने निर्देशनसमेत प्रहरीलाई छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्