×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘बैंक तथा वित्तीय संस्थामा विदेशी लगानी दुरुत्साहन गर्नुपर्छ’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

‘बैंक तथा वित्तीय संस्थामा विदेशी लगानी दुरुत्साहन गर्नुपर्छ’

Artha Sarokar

१२ कार्तिक २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सांसद प्रेम सुवालले बैंक तथा वित्तीय संस्थामा नेपालीको लगानी हुनुपर्नेमा जोड दिएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८०’मा संशोधन प्रस्ताव प्रस्तुत गर्दै उनले बैंक तथा वित्तीय संस्थामा नेपालीकै लगानी हुनुपर्नेमा जोड दिएका हुन् ।
‘बैंक तथा वित्तीय संस्थालाई पूर्णरूपमा सरकारी स्वामित्वमा ल्याएर  बैंकिङ कसुर नियन्त्रण गर्नुपर्छ । विदेशी लगानी भएको बैंक र वित्तीय संस्था स्थापना र सञ्चालन गर्न दिनुहुदैन ।’, सांसद सुवालले भने, ‘केही व्यक्तिहरुको कम्बोडिया, स्वीजरल्याण्ड, दुबई र बेलायतमा भएको सम्पति अविलम्ब नेपाल फिर्ता ल्याउने व्यवस्था गर्नुपर्छ, अनि मात्र हाम्रो बैंकमा पैसा हुन्छ ।’
सांसद सुवालले नेपालीको सम्पति सीमाङ्कन गर्न र त्यसलाई विदेशमा राख्न नपाउने व्यवस्था गर्नसमेत सरकारको ध्यानार्कषण गराएका छन् । उनले सार्वजनिक बिदा कटौती गर्न, रोजगारीको अवसर सिर्जना गर्न र बसाइँसराईलाई नियन्त्रण गर्नसमेत जोड दिएका छन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी