×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘डिम्याट खाता नवीकरण गर्ने व्यवस्था हटाउन आवश्यक छ’ : पूर्ण पर्साद आचार्य

GLOBAL IME BANK
SHREE KESH

‘डिम्याट खाता नवीकरण गर्ने व्यवस्था हटाउन आवश्यक छ’ : पूर्ण पर्साद आचार्य

२२ आश्विन २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सिडिएस एण्ड क्लियरिङका प्रमुख कार्यकारी अधिकृत पूर्ण पर्साद आचार्यले डिम्याट खाता नवीकरण गर्ने व्यवस्था सँधैलाई हटाउन आवश्यक रहेको बताएका छन् । आइतबार धितोपत्र ब्रोकर एसोसिएसन र अर्थ सरोकार डटकमले संयुक्त रुपमा आयोजना गरेको लगानीकर्ता सप्ताह कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

डिम्याट खाता नवीकरणमा सिडिएसको लागत नउठ्ने हुँदा नवीकरण गर्ने व्यवस्था सँधैलाई हटाउनु पर्ने उनले बताएका थिए । ‘डिम्याट खाता नवीकरणमा सिडिएसको लागत पनि उठ्दैन, नवीकरण गर्दा १ सय रुपैयाँ शुल्क लिँदा सिडिएसले १० रुपैयाँ मात्रै लिन्छ, जुन अपुग हो,’ उनले भने ।

त्यस्तै, उनले सबै लगानीकर्तालाई केवाइसी अनिवार्य भर्न आग्रह गर्दै संस्थागत लगानीकर्ताको संख्या बढ्यो भने बजार बढ्न सक्ने बताएका थिए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: