काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाल आयल निगमको घाटाबारे यथार्थ निक्र्योल गर्न माग गरेका छन् । आइतबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले कर्मचारीलाई सधैँ बोनस बाँड्ने निगम कसरी घाटामा जान्छ ? भन्दै प्रश्नसमेत गरेका छन् ।
‘आयल निगम आयात पनि आफैँ गर्छ, व्यापार पनि आफैँ गर्छ । नियामक निकाय पनि उही हो, सबै कुरा आफैँ गर्छ । कर्मचारीलाई बोनस बाँड्न पनि भ्याउँछ । तर, सधैं घाटामा छु भन्छ । घाटा के हो ?’, संसदबाटै प्रश्न गर्दै रविले भने, ‘यो कुराको निक्र्योल गरियोस् ।’
त्यस्तै, उनले अन्तराष्ट्रिय बजारअनुसार मुल्यवृद्धि गर्ने आयल निगमले मुल्य घट्दा भने मूल्य नघटाउने गरेको भन्दै आक्रोश पोखेका छन् । ‘अन्तर्राष्ट्रिय बजारअनुसार मूल्यवृद्धि भएको हो भने घटेका बेलामा मूल्य घटाउन दुईतीन दिन किन लगाउँछ ?’, रविले प्रश्न गरे ।
त्यस्तै, उनले प्रचण्ड सरकार स्वदेश आउने बित्तिकै मूल्यवृद्धि गरेर नागरिकको ‘मुड अफ’ भएको भए पनि मूल्यवृद्धि फिर्ता गरेर ‘मुड फ्रेस’ गराएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई धन्यवादसमेत दिएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्