Skip to content
LAXMI SUNRISE BANK

‘लगानीको सुरक्षाको जिम्मा राज्यको दायित्व हो’ : रवि लामिछाने

अर्थ सरोकार

काठमाडौं । राष्ट्रिय स्वोतन्त्र पार्टीका सभापति रवि लामिछानेले लगानीको सुरक्षाको जिम्मा राज्यको भएको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी र गैरआवासी नेपाली संघबीचको अन्तरक्रियामा बोल्दै यस्तो बताएका हुन् ।

त्यस्तै, लगानीको सुरक्षाका लागि कुनै नेताको पछि लाग्नु पर्ने अवस्था आउनु दुखद भएको उनले बताएका थिए । ‘तपाईहरुले लगानी गर्दा तपाईलाई सुरक्षा दिने काम राज्यको नितीको हो कुनै नेताको हैन । कुनै नेताले तपाईलाई संरक्षण दिनुपर्ने बाध्यता नबनोस् । देशले लिएको नीतिले तपाईहरुलाई संरक्षण गरोस् ।’ उनले भने ।

एनआरएनको लगानी नेपालमा ल्याउनको निम्ती जे गर्नुपर्छ राष्ट्रिय स्वतन्त्र पार्टी तयार रहेको उनको भनाई छ । त्यस्तै, विभिन्न राजनीतिक दलहरुमा धाउने प्रवृतिको अन्त्य गर्नु पर्ने उनको भनाई छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK