×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘निजी क्षेत्रको सक्रियता बिना आर्थिक विकास सम्भव छैन’: मन्त्री रिजाल

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

‘निजी क्षेत्रको सक्रियता बिना आर्थिक विकास सम्भव छैन’: मन्त्री रिजाल

Artha Sarokar

१९ आश्विन २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले निजी क्षेत्रको सक्रियता बिना आर्थिक विकास सम्भव छैन भन्ने धारणा राखेका छन् ।

शङ्खमूलस्थित यल दरबारमा आयोजित ललितपुर उद्योग वाणिज्य सङ्घको ४४औँ वार्षिक साधारणसभामा उनले निजी क्षेत्रको सक्रियता भएको देशमा तीव्र आर्थिक विकास भएको धारणा राख्दै सरकार र निजी क्षेत्रले सहकार्य गरेर जानुको विकल्प नरहेको बताएका हुन् । ‘सामाजिक उत्तरदायित्वमा ललितपुर उद्योग वाणिज्य संघले पुर्याएको योगदान र खेलेको भूमिकाको प्रशंसा गर्न चाहान्छु, निजी क्षेत्रको सक्रियता भएको देशमा तीव्र आर्थिक विकास भएको छ, निजी क्षेत्रको सक्रियता बिना आर्थिक विकास सम्भव छैन, सरकार र निजी क्षेत्र सहकार्य गरेर जानुको विकल्प छैन’, मन्त्री रिजालले भने ।

त्यस्तै, बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले औद्योगिक विकास र हस्तकला क्षेत्रको प्रवर्द्धनका लागि प्रदेश सरकारले आवश्यक काम गरिरहेको बताएका थिए । ‘हामीले औद्योगिक विकास र हस्तकला क्षेत्रको प्रवद्र्धनका लागि महत्वपूर्ण काम गरिरहेका छौँ, उपभोक्ताको अधिकारका लागि पनि कानुन निर्माणका क्रममा रहेको छ, हाम्रो मन्त्रालय सहकार्य गरेर उद्योग वाणिज्य क्षेत्रको प्रवद्र्धनमा लाग्ने छ’, प्रदेशमन्त्री चित्रकारले भने ।

उनले निजी क्षेत्रलाई बलियो र लगानीमैत्री बनाउने गरी वातावरण तयार गर्नका लागि प्रदेश सरकार नीतिगत तथा कानुनीरुपमा सहयोग गर्न तत्पर रहेको धारणा राखेका थिए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी