×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्र बैंकले १७ करोड ६७ लाख रकम मुद्दती निक्षेपमा लगानी गर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

राष्ट्र बैंकले १७ करोड ६७ लाख रकम मुद्दती निक्षेपमा लगानी गर्ने

Artha Sarokar

१३ कार्तिक २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपमा रकम लगानी गर्ने भएको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै १७ करोड ६७ लाख रकम लगानी गर्ने जानकारी गराएको हो ।

राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्न लागेको जनाएको हो । मुद्दति निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले कात्तिक १५ गते राती १२ बजेभित्र आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाएर आवेदन पेश गर्नुपर्नेछ ।

बैंकले २०८० मंसिर ४ गतेदेखि २०८१ मंसिर ३ गतेसम्म मुद्दति निक्षेपमा लगानी गर्न लागेको हो । राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा १४ करोड १४ लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकमा २ करोड ६५ लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा ८८ लाख रुपैयाँ लगानी गर्न लागेको हो ।

आवेदन दिनका लागि बैंक तथा वित्तीय संस्थाको निष्कृर्य कर्जा कुल कर्जा सापटको ५ प्रतिशत भन्दा कम भएको हुनुपर्नेछ । यसैगरी, रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमा भन्दा बढी नभएको हुनुपर्ने लगायतका शर्त केन्द्रीय बैंकले तोकेको छ ।
Investment-Notice-2080.07.12

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी