काठमाडौँ । सहकारीको रकम हिनामिना गर्ने अध्यक्ष पक्राउ परेका छन् । काभ्रेपलान्चोक जिल्ला साविक कात्तिके देउराली गा.वि.स वडा नं.०८ घर भई हाल परिवर्तित चौरी देउराली गाउँपालीका वडा नं.०६मा बस्ने ३९ वर्षीय रविन्द्र चौलागाई पक्राउ परेका हुन् ।
देउराली बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाका संचालक समितिका सदस्यहरुले निक्षेपकर्ताहरुलाई आर्कषक ब्याजदर दिन्छु भनि प्रलोभनमा पारी निक्षेपकर्ताको रकम सहकारी मुद्दती, निक्षेप, आवधिक बचत, शेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाई मासिक/त्रैमासिक/वार्षिक रुपमा ब्याज पाउने र निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण साँवा, ब्याज फिर्ता पाउने विश्वास दिलाई रकम हिनामिना गरेका हुन् ।
उक्त संस्थामा बचतकर्ताहरुले जम्मा गरेको रकमको साँवा, ब्याज फिर्ता नदिई पटक-पटक ताकेता गर्दा पनि फिर्ता नदिएकोले आफ्नो निक्षेप जोखिममा रहेको ठानी सम्बन्धीत संस्थाका कर्मचारी तथा पदाधिकारीहरुलाई लामो समय देखि ध्यानाकर्षण गराएका थिए । साथै, लामो समय देखि ध्यानाकर्षण गराउँदासमेत नियमानुसार पाउनु पर्ने निक्षेप तथा सोको ब्याज रकम उपलब्ध गराईदिन पहल नगरेको भन्दै बचतकर्ताहरुले अध्यक्ष विरुद्ध उजुरी दिएका हुन् ।
त्यस्तै, बचतकर्ताहरुको हालसम्म प्राप्त जाहेरी अनुसार ४ करोड ४९ लाख ९९ हजार ४ सय ४३ रुपैयाँ बचत रकम अपचलन तथा हिनामिना गर्ने कार्यमा संलग्न सहकारी संस्थाका अध्यक्षलाई २०८० असोज १६ गते प्रहरीले पक्राउ गरेको हो । साथै, सहकारी संस्थाका अध्यक्षको आवश्यक थप अनुसन्धान कार्य भैरहेको प्रहरी उपरीक्षक नबराज अधिकारीले जानकारी दिएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्