Skip to content
LAXMI SUNRISE BANK

सांग्रिला विकास बैंकले गर्यो भारतीय महिला बाइक राइडरहरुको स्वागत

अर्थ सरोकार

काठमाडौं । सांग्रिला विकास बैंकले भारतीय महिला बाइक राइडरहरुको स्वागत गरेको छ । उक्त बैंकले असोज २३ गतेदेखि ‘स्टप सेक्सुअल भायोलेन्स’ भन्ने नारालाई आत्मसाथ गर्दै अक्टोबर १मा भारतबाट मोटरसाइकलमा नेपाल आएका दुई महिला राइडरलाई केन्द्रीय कार्यालय बालुवाटार काठमाडौंमा स्वागत गरेको हो ।

सो स्वागत कार्यक्रममा बैंकका अध्यक्ष उज्जल सत्याल, प्रमुख कार्याकारी अधिकृत सुयोग श्रेष्ठ, बैंकका संस्थापक शेयरधनी हेमन्त कुमार प्रसादहरुद्धारा भारतबाट नेपाल आएका बाइक राइडरद्धय स्वाती आर तथा अनिता एमको एक कार्यक्रमकाबीच स्वागत गर्दै आफ्नो मन्तब्य व्यक्त गरेका हुन् ।

उक्त स्वागत कार्यक्रमले स्टप सेक्सुअल भायोलेन्स भन्ने नारा बोकेर हिडेका उक्त बाइक राइडरलाई प्रेरणा मिल्ने तथा सो सन्देशले नेपालमा समेत जनचेतना फैलाउने विश्वास बैंकले लिएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK