काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ४.०५ अंकले घटेर १९०३.८४ बिन्दुमा पुगेको छ ।
बिहीबार नेप्सेमा कुल २८४ कम्पनीको ३७ लाख ६६ हजार १ सय ५३ कित्ता सेयर खरिद बिक्री हुँदा ९७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नबिल बैंक लिमिटेडको प्रमोटर सेयरको भएको छ । यस कम्पनीको ५ करोड ९० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
यस्तै बिहीबारको सेयर बजारमा सिटिजन्स म्युचुअल फण्ड-२ का लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलवा बिपीडब्लु लघुवित्त वित्तीय संस्था, सेन्चुरी डेबेञ्चर २०८८, गरिमा डेबेञ्चर २०८५, सानिमा जीआइसी इन्स्योरेन्स र विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच बिहीबारको सेयर बजारमा नबिल बैंक लिमिटेडको प्रमोटर सेयरको भएको छ । यस कम्पनीको ५ करोड ९० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस अलावा प्रभु बैंक लिमिटेड प्रमोटर सेयर, नबिल बैंक, घलेम्दी हाइड्रो, सानिमा जीआइसी इन्स्योरेन्स र एनआइसी एशिया बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै बिहीबारको सेयर बजारमा अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशत भन्दा धेरै हो । अपर सोलु हाइड्रो इलेक्ट्रिकमा यस्तो गिरावट आउँदा इन्फिनिटी लघुवित्त वित्तीय संस्था, सयपत्री हाइड्रोपावर, आशा लघुवित्त वित्तीय संस्था, ज्योति विकास बैंक र सिटिजन्स म्युचुअल फण्ड(१ मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्