×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वर्ल्ड इन्भेष्टर्स विक : डिबिएएन र अर्थ सरोकारको सेयर सचेतना कार्यक्रम पनौती नगरपालिकाको सभाहलमा सम्पन्न (फोटो-कथा)

अर्थ सरोकार

प्रकाशित मिति : २१ आश्विन २०८०, आईतवार

PRIME CA

वर्ल्ड इन्भेष्टर्स विक : डिबिएएन र अर्थ सरोकारको सेयर सचेतना कार्यक्रम पनौती नगरपालिकाको सभाहलमा सम्पन्न (फोटो-कथा)

काठमाडौं । वर्ल्ड इन्भेष्टर्स विकको अवसरमा धितोपत्र ब्रोकर एसोसिएसन, र अर्थ सरोकार डटकमको संयुक्त आयोजनामा सेयर बजार सचेतना कार्यक्रमअन्तर्गतको चौथो कार्यक्रम शुक्रबार पनौती नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न कलेजमा अध्यनरत विद्यार्थीहरुलाई सेयर सचेतना गराइएको थियो ।

सेयर बजार विश्लेषक रामहरी नेपालले सेयर सचेतना तालिम दिएको उक्त कार्यक्रममा १०० बढी विद्यार्थीहरु उपस्थित  थियो । कार्यक्रममा धितोपत्र ब्रोकर एसोसिएसनमा आवद्ध संघका पदाधिकारीहरु, अन्य ब्रोकरहरु, कलेजका प्रतिनिधिहरु र सञ्चारकर्मीहरुको उपस्थिति थियो । धितोपत्र ब्रोकर एसोसिएसनका महासचिव कृष्ण गिरीले संचालन गरेको सो कार्यक्रममा संघका अध्यक्ष सागर ढकालले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए ।

लगानीकर्ता सप्ताहको अवसरमा अर्थ सरोकार डटकम र धितोपत्र ब्रोकर एसोसिएसन मिलेर सप्ताहव्यापी कार्यक्रमको आयोजना गरेको थियो । जसमा विभिन्न कलेजमा सेयर सचेतना दिने, सेयर बजार सम्बन्धि अन्तरक्रिया गर्ने, सेयर बजारसम्बन्धि बहसको आयोजना गर्ने लगायतका कार्यक्रम थिए । प्रस्तुत छ : पनौतीमा गरिएको सो सेयर सचेतना कार्यक्रमका झलक फोटो-कथामा :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: