×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लाभांश पारित गर्न सिद्धार्थ बैंकले साधारणसभा डाक्यो, कात्तिक २१ गते ‘बुक क्लोज’

PRIME CA

लाभांश पारित गर्न सिद्धार्थ बैंकले साधारणसभा डाक्यो, कात्तिक २१ गते ‘बुक क्लोज’

अर्थ सरोकार

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलवार

काठमाडौँ । सिद्धार्थ बैंकले लाभांश पारित गर्न साधारणसभा बोलाएको छ । बैंकले सेयरधनीहरुलाई वितरण गर्न भन्दै घोषणा गरेको लाभांश पारित गर्न साधारणसभा बोलाएको हो । बैंकको २२औँ वार्षिक साधारणसभा मंसिर ५ गते आम्रपाली बैंङ्क्वेट, बालुवाटारमा बिहान १० बजेदेखि सुरु हुनेछ ।

सभाले बैंकको हाल कायम चुक्ता पूँजीको ४.२१ प्रतिशतका दरले हुन आउने ५९ करोड ३१ लाख ८८ हजार १ सय ६६ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने तथा लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, अन्य कुनै पनि उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज अथवा एक्वायर गर्ने सम्बन्धमा आवश्यक कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव पनि सभाबाट पारित गराइनेछ । बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कात्तिक २१ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: