Skip to content
LAXMI SUNRISE BANK

सिद्धार्थ प्रिमियम इन्स्योरेन्सको संस्थापक सेयर लिलामीमा, कार्तिक २ गतेसम्म आवेदन दिन सकिने

अर्थ सरोकार

काठमाडौं । सिद्धार्थ प्रिमियम इन्स्योरेन्सले संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । इन्स्योरेन्सले असोज २४ गते बुधबारदेखि लिलामी बिक्री खुला गरेको हो ।

उक्त सेयरमा कम्पनीका संस्थापक सेयरधनी वा अन्य संघसंस्था तथा सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन् । सो सेयरमा न्युनतम २८० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले सो संस्थापक सेयरमा कार्तिक २ गतेसम्म आवेदन दिन सक्नेछन् भने न्युनतम ५ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

इच्छुक लगानीकर्ताले आफुले खरिद गर्न चाहेको सेयर संख्या खुलाई बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल, बबरमहलमा आवेदन दिनुपर्नेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK