×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोनापुर मिनरल्सको आइपीओमा आवेदन दिने समय थप, अव कहिलेसम्म पाइन्छ भर्न ?

PRIME CA

सोनापुर मिनरल्सको आइपीओमा आवेदन दिने समय थप, अव कहिलेसम्म पाइन्छ भर्न ?

१७ आश्विन २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको आइपीओमा आवेदन दिने समय थप भएको छ । कम्पनीले असोज १४ गतेदेखि ९७ लाख ३२ हजार ५ सय ४४ कित्ता आईपीओ सर्वसाधारणका लागि निष्काशन गरेको थियो ।

अव उक्त आइपीओमा असोज २८ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । यस अघि कम्पनीले असोज १४ गतेदेखि असोज १७ गतेसम्म आवेदन खुला गरेको थियो ।

सोनापुरले १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसाका दरले आईपीओ निष्काशन गरेको हो । पहिलो चरणमा आयोजन प्रभावित स्थानीयका लागि खुला गरेको सेयर मध्ये स्थानीयले नकिनेको सेयरसमेत थप गरेर सर्वसाधारणलाई जारी गर्न लागेको कम्पनीले जनाएको छ ।

त्यस्तै, लगानीकर्ताले न्युनतम १० कित्तादेखी अधिकतम १५ लाख कित्तासम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलले जनाएको छ ।

सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर एपमार्फत पनि आवेदन दिन सकिनेछ । क्रेडिट रेटिङ संस्था इन्फोमेरिक्स नेपालले यस आइपीओलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम रुपमा सुरक्षित रहेको जानाउने ‘आइआरएन त्रीपल बी माइनस इस्यूअर रेटिङ’ प्रदान गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: