काठमाडौँ । भृकुटीमण्डपमा स्टक क्लियरेन्स मेला सुरु भएको छ । दशैंको अवसर पारेर भृकुटीण्डपमा छैठौं संस्करणको स्टक क्लियरेन्स मेला ‘ग्राण्ड सेल’ सुरु भएको हो ।
दशैंका लागि सस्तो मूल्यमा वस्तु तथा सेवा एकै छानामुनी उपलब्ध गराउने उद्देश्यका साथ इभेण्ट सोलुसन प्रालिले मेला आयोजना गरेको हो । बजारको तुलनामा दैनिक उपभोग्य सामानहरु सस्तोमा उपलब्ध हुने इभेण्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजय सागर प्रधानले जानकारी दिएका छन् ।
त्यस्तै, नेपाल, भारत, चिन, बंगलादेश, पाकिस्तान, मलेसिया, जापान तथा अन्य युरोपेली मुलुकमा उत्पादित सामानहरुको बृहत मेलामा सामान खरिद गर्ने ग्राहकहरुले ५० प्रतिशतभन्दा बढी दशैं विशेष छुट पाउने छन् । नेपाली उत्पादनमा विभिन्न किसिमका अफरहरु पनि सञ्चालन गरिएको सो मेला २९ गतेसम्म आयोजना हुनेछ ।
साथै, वर्षेनी आयोजना हुँदै आएको एक्स्पोलाई यस पटक पनि निरन्तरता दिँदै ‘दशैंको बेला सस्तो मेला’ नारा दिइएको इभेण्ट सोलुसनका प्रबन्ध निर्देशक प्रधानले बताएका छन् । उक्त मेलामा दशैंका लागि आवश्यक सबै किसिमका सामग्रीहरु सस्तो मूल्यमा किनमेल गर्न सकिने प्रधानको भनाई रहेको छ ।
सो मेलामा कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स, मोटरसाइकलर होम अप्लाइन्सेज लगायतका स्टलमा उपभोक्ताका आवश्यक्ता अनुसारका सामानहरु राख्नेछन् । बजारको तुलनामा सस्तोमा स्वदेशी तथा विदेशी ब्राण्डका सामान खरिद गर्न सकिने प्रधानले बताएका छन् ।
दशैंको किनमेलका लागि उपभोक्ता बजारमा धेरै भौंतारिनु पर्ने अवस्था नहोस् भन्नका लागि एउटै छानामूनी क्लियरेन्स मेला आयोजना गरेको इभेण्ट सोलुसनले जनाएको छ । साथै, उक्त मेला बिहान १० देखि साँझ ६ बजे २९ गतेसम्म सञ्चालन हुने इभेण्ट सोलुसनले जनाएको हो ।