काठमाडौं । यती एयरलाइन्सको सीईओमा चार्टर्ड एकाउन्टेन्ट सुवाश सापकोटा नियुक्त भएका छन् । कम्पनीको ४९ प्रतिशत सेयर स्वामित्व एसियन लाइफ इन्स्योरेन्सले लिएसँगै सापकोटा सीईओ नियुक्त भएका हुन् ।
सापकोटा यसअघि ई–सेवाकोको सीइओसमेत भएका थिए ।
सो कम्पनी केहि समय अघि पब्लिकमा रुपान्तरण भएको थियो ।
सो कम्पनीको आईपीओ सेयर निस्कासन हुन्जेलसम्मका लागि उनलाई सीइओ नियुक्त गरिएको एशियाल लाइफ स्रोतको दाबी छ । ‘सुबासजी सार्है राम्रो पीआर भएको मान्छे हो । हामीले आईपीओ कि बुक बिल्डिङ विधि अनुसार ल्याउँछौँ, कि प्रिमियममा । यो दुवैमा उहाँको पीआरले काम गर्छ भन्ने छ । त्यसपछि धेरै सोचेका छैनौँ ।’ एशियन लाइफ स्रोतले अर्थ सरोकारसँग भन्यो- ‘हामीले उहाँको सहयोग आईपीओ जारी हुन्जेलसम्मलाई भनेर सोचेका छौँ ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्