Skip to content
LAXMI SUNRISE BANK

सुन तोलाकै १ लाख १६ हजार रुपैयाँ पुग्यो, अझै बढ्दैछ भाउ

अर्थ सरोकार

काठमाडौँ । सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । दशैँ लगत्तै नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड बनाएको हो । शुक्रबार सुनको भाउ प्रति तोलाकै १ लाख १६ हजार रुपैयाँमा कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख १६ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १४ हजार ९५० रुपैयाँ कायम भएको छ ।
आज चाँदीको मूल्य भने स्थिर रहँदै प्रतितोला १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
सुनचाँदी व्यवसायीहरुका अनुसार यो भाउ अझै बढ्ने अनुमान गरिएको छ । विभिन्न देशबीचका युद्धका कारण अन्तराष्ट्रिय जगतमासमेत सुनमा लगानी बढेकाले त्यसको प्रभाव नेपालमासमेत पर्ने व्यवसायीहरुको भनाई छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK