×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वाणिज्य विभागलाई विमानस्थलका पसलहरु अनुगमन गर्न आग्रह

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

वाणिज्य विभागलाई विमानस्थलका पसलहरु अनुगमन गर्न आग्रह

Artha Sarokar

१ कार्तिक २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्यालयले वाणिज्य विभागलाई विमानस्थलका पसलहरु अनुगमन गर्न आग्रह गरेको छ । सो कार्यालयले विमानस्थल भित्र सञ्चालित पसलमा राखिएका वस्तुको मूल्य र गुणस्तरको अनुगमन गर्न वाणिज्य विभागलाई आग्रह गरेको हो ।

बुधबार एक सूचना प्रकाशित गर्दै कार्यालयले उपभोक्ता र यात्रुको हितका लागि वस्तुको मूल्य तथा गुणस्तर नियन्त्रण गर्नुपर्ने भन्दै पसलको अनुगमन बढाउन विभागको ध्यानाकर्षण गराएको छ । साथै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले गरेको अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन प्रतिकुल हुने गरी कुनै पनि गतिविधि नगर्न पसलहरुलाई सचेत गराइएको छ।

त्यस्तै, वस्तुको बजार मूल्य र गुणस्तरको अनुगमन गर्ने निकाय वाणिज्य विभाग भएकाले सो विभागमार्फत अनुगमन बढाउनु पर्ने विमानस्थल कार्यालयको भनाइ छ । मन्त्री किरातीले गरेको अनुगमनका क्रममा विमानस्थलको आन्तरिक तथा अन्तर्राष्ट्रिय टर्मिनल भवनमा रहेका पसलमा एमआरपी भन्दा बढी मूल्यमा सामान बिक्रि गरेको, एमआरपी वा प्राइस ट्याग नटासेको पाएको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी